म्याग्दिको मालिका गाउँपालिका वडा न ६ दरबाङ्गका ५ बर्ष देखि ११ बर्ष मुनिका (११ बर्ष,११ महिना २९ दिन सम्मका) ६६२ जना बालबालिकाहरुलाई कोभिड-१९ विरुद्दको फाइजर खोप लगाईने भएको छ । दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रले आफ्नो क्याच्मेन्ट क्षेत्र भित्र रहेका ८ वटा बिधालय तथा राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका मार्फत डाटा संकलन गरि यही २०७९ भाद्र ५ देखि २०७९ भाद्र १० गतेसम्म संचालन हुने अभियानमा सो खोप लगाउन लागिएको हो ।
स्वास्थ्य कार्यलय म्याग्दिको आयोजनामा प्रा.स्वा.के. का सम्पुर्ण कर्मचारिहरुलाइ फाइजर भ्याक्सिन सम्बन्धी अभिमुखिकरण भैसकेको र आबश्यक सम्पुर्ण पुर्व तैयारी भैसकेको साथै खोप अत्यन्त सुरक्षित र प्रभावकारी भएकोले सम्पूर्ण अभिभावकहरुलाई नजिकको पायक पर्ने खोप केन्द्रमा लागि आफ्नो बालबालिकालाई कोभिड-१९ रोग बिरुद्धको भ्याक्सिन लगाइ सुरक्षित राख्नु हुन अनुरोध गर्दछौ ।
विधालय तथा लक्षित बालबालिकाहरुको संख्या :
भगवती आधारभूत विधालय दिच्याम = ५२ जना
शिद्द आधारभुत विधालय गोगनपानी = ३ जना
मालिका आ.बि उपल्लो दुखु = ३५ जना
शती आ.वि. तल्लो दुखु = ४२ जना
दरबाङ्ग इङ्लिस बोर्डिङ स्कुल दरबाङ्ग = ९० जना
के.वि एकाडेमी बोर्डिङ स्कुल दरबाङ्ग = २१६ जना
फ्युचर स्टार मन्टेश्वरी थापाचौर = ७१ जना
जनप्रीय मा.बि दरबाङ्ग = १५३ जना
जम्मा = ६६२ जना

No comments:
Post a Comment