Saturday, February 18, 2023

महाशिवरात्रीमा धतुरो बिषक्तता (Datura Poisoning) के हो ? महाशिवरात्री र स्वास्थ्यको सम्बन्ध ।

 नेपाल भौगोलीक बिबिधता भएको मुलुक हो यहाँ बसोबास गर्ने विभिन्न जातजातीका आफ्नै धर्म सस्कृती र रितिरिवाजहरु छन । जस्मध्य हिन्दुहरुको अर्को महान पर्वको रुपमा महाशिबरात्री लाइ पनि मनाइन्छ । पौरानिक काल देखिनै भगवान शिबजी लाई बिशेष पुजा-आजा आरधना गरि मनाइदै आएको महाशिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ ।





महाशिवरात्रीमा विशेष गरेर शिवलिंगमा बेलपत्र,दुध चढाइ पुजा गर्ने, उपबास बस्ने, राती जागरण बस्ने, शिवपुरानको पाठ र कथा सुन्ने आदि चलनहरु रहिआएको छ । 

यस अबसरलाइ अझै योग गर्ने, भगवान शिवजीलाई शक्तिको रुपमा लिइ आफुलाइ समेत सकारात्मक रुपमा शक्तिशाली बनाउने, शिव जस्तै सहयोगी र कल्याणकारी बन्न प्रेरित हुने जस्ता राम्रा पक्षलाई अंगाल्दै यस पर्वलाइ मनोसामाजिक प्रेरणाको रुपमा लिन सके राम्रो हुन्छ जस्तो लाग्छ । 

तर आजभोली नाङ्गै भाँग पिएको अबस्थाका फोटोहरु, नशामा विभिन्न हर्कत गरेका ट्रोल बन्न पुगेका भिडियोहरु सामाजिक सञ्जालमा अपलोड भैरहेकाछन यस्ता प्रवृत्तिले बालबालिकालाई यस पर्व सम्बन्धिका सामाजिक मुल्यमान्यतानै बिर्सिन गै मनोरञ्जन र समय ब्यतित गर्ने, भाङ, धतुरो घोट्टा आदि खुलम खुल्ल सेवन गर्ने पर्वको रुपमा मात्र लिइरहेको जस्तो पाइन्छ र जुन बढ्दो क्रममा देखिन्छ ।

हाम्रो समाजमा युवायुवतीहरु बिहानै देखी नशालु पदार्थ सेवन गर्ने, झैझगडा हुने, तथा कतिपय ब्यक्तिहरु यसैका कारण कुलतमा फस्दै गैरहेको र नसालु पदार्थ बिना बाच्न नसक्ने अबस्थामा पुगेका घटना धेरै पाइन्छन। यसरी जति खुलम्खुल्ला प्रयोग भैराख्छ त्यति सामान्यरुपमा लिइ कुलतमा फस्ने दर बढदै जान सक्छ । यस्ता प्रवृत्ति बारे हरेक नागरिक, परिवार, समाज सचेत हुनु जरुरी छ । 

यसैले शिवरात्रीको खास महत्वलाई हामीले अनुसरण गर्नु पर्दछ । भगवान खुसी हुन्छन्, मनोकामना प्राप्त हुन्छ या यो पहिलेदेखि चलेको चलन भनेर हामीले शिवरात्रीमा खाइने नशालु पदार्थलाई सिको गर्नु सेवन गर्नु पक्कै पनि राम्रो पक्ष हुँदै होइन । 
सामाजिक संजालका बिस्तार संगै धतुरो, गाजाका फाइदाहरु गुगलमा हेर्ने, अरुको नक्कल गर्ने प्रबृत्ति, साथिको अनुभव सुनेको भरमा कौतुहलताले प्रभावित भै यस किसिमको प्रवृत्ति बढ्दो क्रममा देखिन्छ । गुगलमा पाइने फाइदा हरु प्रसोधित गरि अन्य किसिमले गाजा प्रयोग आउने गर्दछन जुन औषधिको रुपमा मात्र प्रयोग गरिन्छन र सबै औषधिको रुपमा प्रयोग हुनका लागि उत्पादित बस्तुहरु निश्चित रोग तथा स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मी वा आयुर्वेदहरुले समस्या पत्ता लगाइ प्रयोग हुने गर्दछ्न । धुवाँ र घट्टाको रुपमा प्रयोग गर्दा औषधिको रुपमा काम गर्ने भन्ने हालसम्मको रिसर्चले प्रमाणित गरेको छैन ।

कहिलेकाही धतुरा सेवन गर्दा धतुरा बिशाक्तता (Dhatura Poisoning) भै मानिसको ज्यान समेत जान सक्छ । त्यसैले 
हामीले महाशिबरात्री पर्वको धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्वलाई जोड दिदै र स्वास्थ लाई पनि ख्यालमा राखी मनाऔ। महाशिवरात्रीको शुभकामना ।

          यमन नेपाली 
       जनस्वास्थ्यकर्मी 
दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र 

Friday, August 19, 2022

दरबाङ्गमा ५ देखि ११ बर्ष सम्मका ६६२ बालबालिकाहरुलाइ कोभिड-१९ बिरुद्धको फाइजर भ्याक्सिन लगाइदै ।

 दरबाङ्गमा ५ देखि ११ बर्ष सम्मका बालबालिकाहरुलाइ कोभिड-१९ विरुद्धको फाइजर भ्याक्सिन लगाइदै । 


       म्याग्दिको  मालिका गाउँपालिका वडा न ६  दरबाङ्गका ५ बर्ष देखि ११ बर्ष मुनिका (११ बर्ष,११ महिना २९ दिन सम्मका) ६६२ जना बालबालिकाहरुलाई  कोभिड-१९ विरुद्दको फाइजर खोप लगाईने भएको छ । दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रले आफ्नो क्याच्मेन्ट क्षेत्र भित्र रहेका ८ वटा बिधालय तथा राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका मार्फत डाटा संकलन गरि यही २०७९ भाद्र ५ देखि २०७९ भाद्र १० गतेसम्म संचालन हुने अभियानमा सो खोप लगाउन लागिएको हो ।

           स्वास्थ्य कार्यलय म्याग्दिको आयोजनामा प्रा.स्वा.के. का सम्पुर्ण कर्मचारिहरुलाइ फाइजर भ्याक्सिन सम्बन्धी अभिमुखिकरण भैसकेको र आबश्यक सम्पुर्ण पुर्व तैयारी भैसकेको साथै खोप अत्यन्त सुरक्षित र प्रभावकारी भएकोले  सम्पूर्ण अभिभावकहरुलाई नजिकको पायक पर्ने खोप केन्द्रमा लागि आफ्नो बालबालिकालाई  कोभिड-१९ रोग बिरुद्धको भ्याक्सिन लगाइ सुरक्षित राख्नु हुन अनुरोध गर्दछौ ।



विधालय तथा लक्षित बालबालिकाहरुको संख्या :


भगवती आधारभूत विधालय दिच्याम = ५२ जना

शिद्द आधारभुत विधालय गोगनपानी  = ३ जना

मालिका आ.बि उपल्लो दुखु = ३५ जना

शती आ.वि. तल्लो दुखु  = ४२ जना

दरबाङ्ग इङ्लिस बोर्डिङ स्कुल दरबाङ्ग  = ९० जना

के.वि एकाडेमी बोर्डिङ स्कुल दरबाङ्ग = २१६ जना

फ्युचर स्टार मन्टेश्वरी थापाचौर  = ७१ जना

जनप्रीय मा.बि दरबाङ्ग = १५३ जना 

जम्मा = ६६२ जना





Monday, March 28, 2022

दरबाङ्गमा १२५१ जना बालबालिकाहरुलाइ टाइफाइड रोग बिरुद्धको भ्याक्सिन लगाइने ।

 दरबाङ्गका १२५१ जना बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्दको खोप लगाईने


       म्याग्दिको  मालिका गाउँपालिका वडा न ६  दरबाङ्गका १५ महिनादेखि १५ बर्ष मुनिका (१४ बर्ष,११ महिना २९ दिन सम्मका) १२५१ जना बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्दको खोप लगाईने भएको छ । विधालय जाने ११२२ जना र विधालय नजाने १२९ जना बालबालिकाहरुलाई यही २०७८ चैत्र २५ देखि २०७९ बैशाख १८ गतेसम्म संचालन हुने अभियानमा सो खोप लगाउन लागिएको हो ।


अभियान सन्चालन हुने  मिति र स्थान पछि सुचित गरिनेछ । सम्पूर्ण अभिभावकहरुलाई नजिकको पायक पर्ने खोप केन्द्रमा लागि आफ्नो बालबालिकालाई  टाइफाइड रोग बिरुद्धको भ्याक्सिन लगाइ सुरक्षित राख्नु हुन अनुरोध गर्दछौ ।




विधालय जाने बालबालिकाहरु :


भगवती आधारभूत विधालय = ८६ जना


शिद्द आधारभुत विधालय = ६ जना


के.बि. एकाडेमी एन्ड बोर्डिङ स्कुक = ३२७ जना


दरबाङ्ग इङ्लिस बोर्डिङ स्कुल = १८५ जना


फ्युचर स्टार मन्तेश्वरी  = १३७ जना


जनप्रीय माध्यमिक विधालय = १८६ जना

सति आधारभुत विधालय = ६५ जना


जम्मा = ११२२ जना




विधालय नजाने बालबालिकाहरु :


साविक वडा नं १ = ३२जना


साविक वडा नं २ = ३२ जना


साविक वडा नं ३ = ३४ जना


साविक वडा नं ५ = १० जना


साविक वडा नं ६ = ५ जना


साविक वडा नं ७ = ८ जना


साविक वडा नं ८ = ५ जना


साविक वडा नं ९ = ३ जना



जम्मा = १२९ जना

महाशिवरात्रीमा धतुरो बिषक्तता (Datura Poisoning) के हो ? महाशिवरात्री र स्वास्थ्यको सम्बन्ध ।

  नेपाल भौगोलीक बिबिधता भएको मुलुक हो यहाँ बसोबास गर्ने विभिन्न जातजातीका आफ्नै धर्म सस्कृती र रितिरिवाजहरु छन । जस्मध्य हिन्दुहरुको अर्को म...