Monday, March 28, 2022

दरबाङ्गमा १२५१ जना बालबालिकाहरुलाइ टाइफाइड रोग बिरुद्धको भ्याक्सिन लगाइने ।

 दरबाङ्गका १२५१ जना बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्दको खोप लगाईने


       म्याग्दिको  मालिका गाउँपालिका वडा न ६  दरबाङ्गका १५ महिनादेखि १५ बर्ष मुनिका (१४ बर्ष,११ महिना २९ दिन सम्मका) १२५१ जना बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्दको खोप लगाईने भएको छ । विधालय जाने ११२२ जना र विधालय नजाने १२९ जना बालबालिकाहरुलाई यही २०७८ चैत्र २५ देखि २०७९ बैशाख १८ गतेसम्म संचालन हुने अभियानमा सो खोप लगाउन लागिएको हो ।


अभियान सन्चालन हुने  मिति र स्थान पछि सुचित गरिनेछ । सम्पूर्ण अभिभावकहरुलाई नजिकको पायक पर्ने खोप केन्द्रमा लागि आफ्नो बालबालिकालाई  टाइफाइड रोग बिरुद्धको भ्याक्सिन लगाइ सुरक्षित राख्नु हुन अनुरोध गर्दछौ ।




विधालय जाने बालबालिकाहरु :


भगवती आधारभूत विधालय = ८६ जना


शिद्द आधारभुत विधालय = ६ जना


के.बि. एकाडेमी एन्ड बोर्डिङ स्कुक = ३२७ जना


दरबाङ्ग इङ्लिस बोर्डिङ स्कुल = १८५ जना


फ्युचर स्टार मन्तेश्वरी  = १३७ जना


जनप्रीय माध्यमिक विधालय = १८६ जना

सति आधारभुत विधालय = ६५ जना


जम्मा = ११२२ जना




विधालय नजाने बालबालिकाहरु :


साविक वडा नं १ = ३२जना


साविक वडा नं २ = ३२ जना


साविक वडा नं ३ = ३४ जना


साविक वडा नं ५ = १० जना


साविक वडा नं ६ = ५ जना


साविक वडा नं ७ = ८ जना


साविक वडा नं ८ = ५ जना


साविक वडा नं ९ = ३ जना



जम्मा = १२९ जना

महाशिवरात्रीमा धतुरो बिषक्तता (Datura Poisoning) के हो ? महाशिवरात्री र स्वास्थ्यको सम्बन्ध ।

  नेपाल भौगोलीक बिबिधता भएको मुलुक हो यहाँ बसोबास गर्ने विभिन्न जातजातीका आफ्नै धर्म सस्कृती र रितिरिवाजहरु छन । जस्मध्य हिन्दुहरुको अर्को म...